गृहपृष्ठ रनवीर र दिपिकाको बिहेमा फोटो खिच्न निषेध

रनवीर र दिपिकाको बिहेमा फोटो खिच्न निषेध

ranabir-dipika-newskarobar

बलिउड चलचित्रका चर्चित अभिनेता रनवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको विवाहमा मोबाइल फोन तथा क्यामेरा लान निषेध गरिएको छ । उनीहरुको विवाह बुधबार र बिहीबार लेकमा हुँदैछ । रनवीर र दिपिकाको विवाह बलियुडमा चर्चामा छ ।

उनीहरुको विवाहको तस्बिर अहिलेसम्म सार्वजनिक गरिएको छैन । विवाहको तस्बिर खिच्न नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ । लेकमा रहेको सुरक्षाकर्मी बाहेक विवाहमा आएका व्यक्तिलाई मोबाइल फोन तथा क्यामेरा लान निषेध गरिएको छ ।

विवाहको फोटो नराखेको भन्दै सामाजिक सञ्जालमा उनीहरुको फ्यानहरुले विभिन्न टिक्का टिप्पनी गरिरहेका छन् । भारतीय सञ्चार माध्यमको अनुसार उनीहरुको फोटो सामाजिक सञ्जालमा धेरै खोजी भइरहेको छ । फोटो खिच्न किन निषेध गरियो भन्नेबारे केही खुलाइएको छैन ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु