गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २०)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २०)

नेपालमा पहिलोपटक निःशुल्क वाईफाई सेवा प्रदान गरिएको जिल्ला कुन हो ?

loksewa-newskarobar.com

१. नेपालमा राजपत्रको प्रकाशन कहिलेबाट भएको हो ?
– २००८ साउन २२
२. वातावरण संरक्षण परिषदको अध्यक्ष को हुने व्यवस्था छ ?
– प्रधानमन्त्री
३. नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो ?
– स्वयम्भूको मन्दिर
४. नेपालमा गोबरग्यास प्लान्टका लागि कुन देशले अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ ?
– जर्मनी
५. ‘धर्म नै ज्ञान हो, ज्ञान नै धर्म’ यो कसको भनाई हो ?
– सुकरात
६ ताराहरुमा प्रमुख तत्व के हुन्छ ?
– हाइड्रोजन
७. मानव शरीरमा भएको सबैभन्दा ठूलो ग्रन्थी कुन हो ?
– कलेजो
८. बच्चालाई दादुराविरुद्धको खोप कहिले दिइन्छ ?
– नौ महिनाभित्र
९. आतंकवादी बम आक्रमणमा परी अफगानिस्तानको राजधानी काबुलमा १२ नेपालीको मृत्यु कहिले भएको थियो ?
¬– २०७३ असार ६
१०. नेपालमा पहिलोपटक म्याचिङ मृगौला प्रत्यारोपण कहिलेबाट सुरु गरिएको हो ?
– २०७३ साउन १३
११. ‘शहिद माइला’ उपनामले चिनिने शहिद को हुन् ?
– दशरथ चन्द
१२. आर्थिक वृद्धिदर सबैभन्दा बढी भएको देश कुन हो ?
– पपुवा न्यु गिनी
१३. कास्कीका नौवटा ताल रामसार सूचीमा कहिले सूचीकृत भएका हुन् ?
– २०१६ फेब्रुअरी २
१४. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ट्राफिक मोबाइल एप्सको सुरुवात कहिले गरिएको हो ?
– २०७३ वैशाख २०
१५. नेपालमा पहिलोपटक निःशुल्क वाईफाई सेवा प्रदान गरिएको जिल्ला कुन हो ?
– म्याग्दी
१६. विश्व बंैकले महामारी बिमा योजनाको घोषणा कहिले गरेको हो ?
– २०१६ मे २१
१७. ‘सालीभिनाजु पाइला’ नामले चिनिने ठाउँ कुन जिल्लामा पर्छ ?
– सुर्खेत
१८. काठमाडौंमा दक्षिण एसियाली शरणार्थी सम्मेलन कहिले भएको हो ?
– २०७३ वैशाख १२–१३
१९. वरिष्ठ साहित्यकार तथा अन्वेषक कमलमणि दीक्षितको निधन कहिले भएको हो ?
– २०७३ पुस १४
२०. जैविक विविधताका दृष्टिले नेपाल कति औं स्थानमा पर्छ ?
– २५ औं

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु