गृहपृष्ठ आज विश्व टेलिभिजन दिवस

आज विश्व टेलिभिजन दिवस

tv-day

कल्पना गर्नुस् टेलिभिजन विनाको जीवन । यो कल्पनै गर्न नसकिने भने होइन । किनकि नेपालका दूर दरजको ठूलो जनसंख्या अहिलेपनि टेलिभिजनको पहुँच बाहिर छ । अझ शहरमै पनि कतिपय अवस्थामा टेलिभिजनको पहुँचबाहिरका मानिसहरुको सम्बन्धमा चर्चा हुँदै आएको छ । तर कतिपयका लागि टेलिभिजन विनाको जीवन अपूरो जस्तै लाग्छ । यी दुई मध्ये तपाई कुनमा पर्नुहुन्छ ? आँफै मूल्यांकन गर्नुहोस् ।

सन् १९२५ अघि विश्वमा टेलिभिजन थिएन । हेलन्सवर्गमा सन् १८८८ मा जन्मिएका जोन लगी बयर्डले सन् १९२५ मा टेलिभिजनको आविस्कार गरेका हुन् । त्यसयता थुप्रै चरण र घुम्तीहरु पार गर्दै टेलिभिजन आजको स्थितिसम्म आइपुगेको हो । यो यात्रामा टेलिभिजनको ‘क्रान्तिकारी विकास’ भइसकेको छ ।

पत्रकारितामा त झन् टेलिभिजनको छुट्टै महत्व छ । दृष्य हेर्दै सुन्न पाइने कस्तो मज्जा ! त्यसअघि श्रव्य (रेडियो) त थियो तर टेलिभिजन थिएन । जसका कारण श्रव्यको मात्र उपलब्धता थियो । विकासकै क्रममा मानिसहरुले श्रव्य र दृष्यको एससाथ संयोजन खोज्यो । जसको प्रतिफल हो आजको टेलिभिजन ।

 

लोकप्रियताको शिखरमा
सुन्दै दृष्य हेर्न सकिने टेलिभिजन नभएको भए चलचित्र क्षेत्रको स्थिति के हुन्थ्यो होला ? कल्पना गर्न सकिँदैन । तर, टेलिभिजनले त्यसलाई साकार रुप दिएको छ । सुरुवातमा श्यामस्वेत रंगमा उपलब्ध टेलिभिजन अहिले विकास हुँदै रंगित र थ्रिडी, एसडी एवं एचडीलगायतका रुपमा विकसित भइसकेको छ ।

टेलिभिजनको विकासक्रममा विभिन्न क्षेत्र यो सँग गाँसिन र यसमा आश्रित हुन पुग्यो, चलचित्र, पत्रकारिता, व्यापार व्यवसाय यसका केही उदाहरण हुन् । अझ यसमा जनचाहनाअनुरुपका कार्यक्रमहरुको निर्माण हुन थालेपछि यसको लोकप्रियता झन् बढ्न थाल्यो । चलचित्र, विभिन्न टिभी सोहरु यसका उदाहरण हुन् । यी कुराहरुको जगमा आजको सञ्चार विकासमा टेलिभिजन सञ्चार क्षेत्रमा कोशेढुंगा सावित गरिदिएको छ ।

 

नेपाली परिप्रेक्ष
नेपालमा भने धेरै पछि मात्र टेलिभिजन प्रशारणको सुरुवात भएको हो । वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा पनि यसले फूल्ने, फल्ने र मौलाउने मौका पायो । आज यो वरदानकै रुपमा विकास भएको छ ।

नेपालमा पनि धेरैका घरमा टेलिभिजन छन् । टेलिभिजनकै कारण रोजी रोजी ‘च्यानल चेन्ज’ गरेर हेर्न हामीलाई सजिलो भएको छ । बालबालिकाका लागि, युवाका लागि, वृद्धवृद्धाका लागि, विद्यार्थी, व्यापारी, गृहीणी लगायत सबै पक्ष र वर्गका लागि टेलिभिजन कार्यक्रमहरुको निर्माण र प्रशारण भएका छन् । यो सबै टेलिभिजनका कारण सम्भव भएको हो ।

प्रकाशित समय १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु