गृहपृष्ठ लागु औषधसहित पोखरामा दुई जना पक्राउ
लागु औषधसहित पोखरामा दुई जना पक्राउ
पोखरा प्रहरीले नियन्त्रित लागु औषधसहित दुई जनालाई पोखरा प्रहरिले नियन्त्रणमा लिएको छ । पोखराको तुलसी मार्गबाट बुधबार बिहान उनिहरुलाई नियनत्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–११ तुलसी मार्गबाट पोखरा ९ नयाँबजार बस्ने ३८ वर्षीय उदयकुमार गुप्ता र पोखरा ११ तुलसीमार्ग बस्ने तनहुँ ब्यास नगरपालिका ११ का मनु गुरुङलाई नियन्त्रित लागु औषध डाइजेपाम ४ सय ४ थान, नुर्फिन ३ सय ९१ थान, फेनरागन ३ सय ८१ थान, फेन्सिडिल २४ बोतल, नेपाली रुपैयाँ २ लाख ४२ हजार ३ सय ३७ रुपैयाँ र भारतीय रुपैयाँ ७ सय ३०, विभिन्न बैंकका चेक ४ थान र मोबाइल ३ थानसहित प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले ग २ च ८३६३ नम्बरको कार जाँच गर्ने क्रममा कार चालक उदयकुमार र कारमा सवार मनुलाई लागूऔषध र कार सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १९:४९ बजे
















