गृहपृष्ठ महाधिवेशनको माग गर्दै नेविसंघका नेताहरू धर्नामा
महाधिवेशनको माग गर्दै नेविसंघका नेताहरू धर्नामा
कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरु महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यलय सानेपामा धर्नामा बसेका छन् । १२ औं महाधिवेशनको मग गर्दै आइतबार उनीहरु धर्नामा बसेका हुन् ।
पार्टीले नेविसंघसँग छलफल नै नगरी दुई महिना म्याद थपरे महाधिवेशन टार्न खोजेकाले दबाब दिन धर्नामा बसेको नेविसंघ नेता दीपक भट्टराईले बताए ।
विधान विपरित नेतृत्वले समय थपेको उनले आरोप लगाए । गत मंसिर १ गते कांग्रेस केन्द्रिय कार्यसमिति बैठकले नेविसंघको सयम दुई महिना थप गरेको थियो ।
प्रकाशित समय १४:०२ बजे

















