गृहपृष्ठ सदस्यको कार्यविभाजन गर्न नेकपामा सकस, सचिवालय बैठक स्थगित
सदस्यको कार्यविभाजन गर्न नेकपामा सकस, सचिवालय बैठक स्थगित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो । बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको थियो ।
तर, कुन सदस्यलाई के जिम्मेवारी दिने भन्ने विषयमा टुंगो लाग्न नसक्दा सचिवालयको बैठक स्थगित गरिएको बताइएको छ । नेकपामा ४४१ केन्द्रीय सदस्य रहेका छन् ।
आफू निकटका नेतालाई महत्वपूर्ण जिम्मेवारी दिन शिर्ष नेता लागिपरेकाले पनि कार्यविभाजन गर्न सचिवालयलार्य कठिन भएको छ । केन्द्रीय सदस्यहरुको कार्य विभाजनपछि स्थायी कमिटीको बैठक बोलाउने नेकपाको तयारी छ ।
प्रकाशित समय १२:५७ बजे

















