गृहपृष्ठ ए डिभिजन लिग : आर्मी लिगको शीर्ष स्थानमा, संकटा ५–१ ले पराजित

ए डिभिजन लिग : आर्मी लिगको शीर्ष स्थानमा, संकटा ५–१ ले पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा आर्मी विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटा क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी विजयी भएको हो ।

आर्मीको लागि टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल गरेका थिए । संकटाका लागि इलोन म्याक्श्वेलले एक गोल गरेका थिए ।

जितसँगै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट १० अंक भएको छ । सोमबारबाट चौथो चरणको खेल सुरु भएको हो ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु