गृहपृष्ठ नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको साधारणसभा

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको साधारणसभा

कच्चा पदार्थ आयात भन्सार दर घटाउन पहल गर्छु : मन्त्री गिरी

lila-giri-newskarobar

प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले स्टेशनरी तथा मसलन्द समाग्री उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको भन्सार दर बढी रहेको बताएका छन् । उनले तयारी सामानहरु खरिद गर्नुभन्दा पनि कच्चा पदार्थको भन्सार दर बढि रहेको आफुले पाएको भन्दै यसलाई घटाउन पहल गर्ने बताए ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बुटवल क्षेत्रीय समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिवेसन एवम् प्रदेश ५ भेलाको सोमबार बुटवलमा उद्घाटन गर्दै मन्त्री गिरीले लामो समयदेखि जननिर्वाचित प्रतिनिधिहरु नभएकै कारण यस्तो समस्या आएको बताए । उनले उद्योगमैत्री वातावरण निर्माणमा सरहकार सकारात्मक भएको बताए ।

उनले राजनीतिक अवस्थाका कारण समस्या आएको भन्दै आगामी अब यस्तो प्रकृतिको समस्या आउने वातावरणको सधैको लागि अन्त्य हुने बताए । आफ्नो स्वदेशमा भएका उद्योगहरुलाई टाट पल्टीने तर विदेशमा भएका उद्योगहरुले नाफा कमाउने वातावरण अन्त्य गर्नुपर्ने मैन्त्री गीरीको भनाइ छ ।

‘अब कच्चा पदार्थ आयातमा लाग्दै आएको बढी कर हटाउनुको विकल्प छैन,’ उनले भने । यसका लागि केन्द्रीय सरकारसँग आफुले पटक पटक आग्रह गरेको मन्त्री गिरीको भनाई थियो ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु