गृहपृष्ठ न्यायपरिषदले पठायो भावी प्रधानन्यायाधीशको विवरण, जोशी पहिलो नम्बरमा

न्यायपरिषदले पठायो भावी प्रधानन्यायाधीशको विवरण, जोशी पहिलो नम्बरमा

न्यायपरिषदले भावी प्रधानन्यायाधीशका लागि दुई न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको छ । योग्यता पुगेका दुई न्यायाधीश  दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण न्यायपरिषदले संवैधानिक परिषदमा पठाएको हो ।

प्रधानन्यायाधीश मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकाश पाउँँदैछन् । यसअघि संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीको नाम पहिलो नम्बरमा रहेको छ ।

जोशी समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च अदालतको न्यायाधीशमा कार्यरत रहेको विवरण उल्लेख गरिएको छ ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु