गृहपृष्ठ उपप्रधानमन्त्री पोखरेल सहभागी कार्यक्रममा स्थानीयको नाराबाजी

उपप्रधानमन्त्री पोखरेल सहभागी कार्यक्रममा स्थानीयको नाराबाजी

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापनगर्ने बेला भइ नसकेको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मी उनले सरकारले योजना बनाएर कामको शुरुवात गरिसकेकाले जनताले देख्नेगरि परिणाम छिट्टै आउने बताए ।

उनले वर्तमान सरकारले शुरु गरेको लोकप्रिय कामहरुको परिणाम जनताले अनुभूति गर्न पाउने बताए । सरकारको लोकप्रियता नघटेको वताउँदै उनले योजनावद्ध कामको परिणाम आउन केहि समय लाग्ने बताए ।

फरक प्रसंगमा पोखरेलले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी विधान अनुसार नै संचालन भएको बताउदै तल्लो स्तरमा पार्टी एकीकरण सम्वन्धमा पार्टी सचिवालयले गृह कार्य गरिरहेको बताए ।

यसैबीच, प्रहरीले स्थानीयलाई कुटपिट गरेको आरोपमा विराटनगरमा स्थानीयले उपप्रधानमन्त्री पोखरेल कार्यक्रममा सहभागी हुने बेला नाराबाजी गरेका छन् । प्रहरीले स्थानीयलाई कुटपिट गरेको विरोधमा वीरेन्द्र सभा गृहमा उपप्रधानमन्त्री पोखरेल आउने बेलामा स्थानीयले नाराबाजी गरेका हुन् ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु