गृहपृष्ठ ‘ए’ डिभिजन लिग : सरस्वतीको दोस्रो जित, ब्रिगेड पराजित

‘ए’ डिभिजन लिग : सरस्वतीको दोस्रो जित, ब्रिगेड पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा सरस्वती युुथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड व्वाइज क्लब लाई २—१ गोल अन्तरले पराजित गर्दै सरस्वती विजयी भएको हो ।

सरस्वतीका लागि फ्रान्सिस ओकेछुुक्वुु ओन्यम र विनोद केसीले गोल गरेका थिए । ब्रिगेडका लागि अब्दुु हामोद न्सीहाले गोल गरेका थिए । पहिलो हाफमा दुबै टिमले बराबरी खेलेका थिए ।

तर, दोस्रो हाफमा सरस्वतीकाले एक गोल थप्दै जित सुनिश्चत गरेको हो । जारी लिगमा सरस्वतीको यो दोस्रो जित हो ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु