गृहपृष्ठ पुस २ सम्म निर्मलाको हत्यारा पत्ता लगाउन डा. केसीको अल्टिमेटम
पुस २ सम्म निर्मलाको हत्यारा पत्ता लगाउन डा. केसीको अल्टिमेटम
प्रा. डा. गोविन्द केसीले सरकारलाइ निर्मला पन्तको हत्यारा पक्राउ गर्न पुस २ सम्मको अल्टिमेटम दिएका छन् । उक्त अवधिमा निर्मलाका हत्यारा पत्ता नलागे पुस ३ देखि आमरण अनशन बस्ने उनको चेतावनी छ ।
निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता अर्थात पुस २ गतेसम्म को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित निर्मला पन्तको हत्यारा सार्वजनिक को माग गर्दै बिगत १७ दिन देखि जारी धर्ना स्थल पुगेर उक्त कुरा बताएका हुन् ।
घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न चेतावनी दिएका हुन् । निर्मला पन्तको परिवार, अधिकारकर्मी, स्थानिय लगायतले सुरु गरेको अनिश्चितकालीन धर्नामा डा. केसीले ऐक्यवद्धता जनाउँदै सरकारले नै निर्मला पन्तका हत्यारा लुकाएको आरोप लगाएका छन् ।

‘अन्यायमा परेकाविरुद्ध हाम्रो साथ हुनेछ,‘ उनले भने, ‘निर्मला पन्तको हत्यारा पत्ता लगाउँन दबाव दिने उद्धेश्यले न्यायका लागि म यहाँ आएको हुँ ।‘
गत कात्तिक २५ गतेदेखि छोरीको हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै निर्मलाको बुबाआमालगायत आफन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडी धर्ना सुरु गरेका हुन् । धर्नाकै क्रममा निर्मलाका बुबाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित समय १२:०२ बजे

















