गृहपृष्ठ अरुण तेस्रो आयोजना : सरोकारवालाहरुबीच छलफल

अरुण तेस्रो आयोजना : सरोकारवालाहरुबीच छलफल

स्वदेशी उपलब्ध नभए मात्र विदेशी निर्माण सामग्री प्रयोग गरिने

सरकारको सबैभन्दा ठूलो परियोजना अरुण–३ जलविद्युत आयोजनाको निर्माण कार्यलाई थप प्रभावकारी वनाउन आयोजनाले बिहीबार प्रदेश नं. १ का उधोगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंँग सम्बन्धित व्यक्तिहरुँंग छलफल गरेको छ ।

लगानी बोर्डको कार्यालयले विराटनगरमा बिहीबार गरेको सहजिकरण कार्यक्रममा अरुण–३ मा कस्तो निर्माण समाग्री प्रयोग गर्ने र निर्माण समग्री काहाँबाट कसरी उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वदेशमै उत्पादित निर्माण समग्री प्रयोग गर्नुपर्ने बताए । उनले आयोजनालाई चाँहिने सिमेन्ट, ढुंगा गिटी तथा डण्डी सबै प्रकारका निर्माण समग्री स्वदेशमै उत्तपादन हुने भएकाले सोही समाग्र प्रयोग गर्न आग्रह गरे ।

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारकाले आयोजनामा स्वदेशमै उत्तपादित गुणस्तरयुक्त समग्री प्रयोग हुनुपर्नेमा जोड दिए । उनले आयोजना निर्माणका लागि बाह्य मुलुकबाट निर्माण समाग्री ल्याउने नभई स्वदेसी उद्योगीलाई प्रोत्साहन गर्र्नुपर्ने बताए ।

अरुण–३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निर्माणमा पहिलो प्राथमिकता नेपालमा उत्पादित समाग्रीलाई दिइने बताए । उनले नेपालमा नपाइने सामग्रीमात्र अन्य मुलुकबाट ल्याइने जानकारी दिए । निर्माणमा प्रयोग हुने कतिपय समग्री नेपालमा उत्तपादन नहुने गरेको उनको भनाइ थियो ।

शर्माले कोशी राजमार्ग ठाउँठाउँमा भत्केकाले समग्री ढुवानीमा समस्या भएको बताए । शर्माले ६ महीनादेखि आयोजनाको काम शुुरु भएको र सो आयोजना तोकिएको समयमा सम्पन्न हुने दावी गरे ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले अरुण–३ प्रदेशकै गौरवको भएको उल्लेख गर्दै परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए । परियोजनाले प्रदेशको विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाध रुपले लगानी गर्न लगानिकर्तालाई उनको आग्रह थियो ।

आयोजना निर्माणका लागि २०७१ साल मंसिर ९ गते नेपाल सरकार र परियोजना विकासकर्ता एस जे भि एन अरुण–३ पावर डेभलभमेन्ट कम्पनीबीच सम्झैता भएको थियो ।
५ वर्षभित्र निर्माण सम्पन्न गरिने सो आयोजनाको निर्माण लागत १०४ अर्ब रुपैयाँ छ । आयोजनाको विद्युत उत्तपादन क्षमता ९ सय मेगावाट रहेको छ ।

परियोजना निर्माणका लागि १४ लाख ४२ हजार ७ सय २७ घनमिटर वालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने कार्यक्रममा बताइएको छ ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु