गृहपृष्ठ अनुगमनको पाँचौं दिन बिहीबर पेट्रोल पम्पमा अनुगमन
अनुगमनको पाँचौं दिन बिहीबर पेट्रोल पम्पमा अनुगमन
संयुक्त अनुगमन टोली धनुषाले विहिवार पाँचौं दिन पेट्रोल पम्पलाई केन्द्रित गरी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले जनकपुरका विभिन्न पेट्रोल पम्पको अनुगमन गरेको छ ।
जनकपुर उपमहानगरपालिका वार्ड नं. ८ स्थित रामानन्द चोकमा देव कुमारी साहको नाममा दर्ता कायम रहेको राम आयल कन्सर्न स्टोर, वार्ड नं. ७ स्थित भ्रमरपुरा चोकमा लक्ष्मण साहको नाममा दर्ता कायम रहेको रहेको शंकर स्टोर्स र श्रवण साहको नाममा दर्ता कायम रहेको श्याम श्रवण आयल स्टोर्समा अनुगमन गरिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
अनुगमनको क्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको ५ लिटरको मेजरबाट नाप गर्दा मापदण्डभित्र देखिएको जिल्ला प्रशसन कार्यालय धनुषाका प्रशासकीय अधिकृत तथा संयुक्त अनुगमन टोली संयोजक दिनेश साहले बताए ।
टोलीले गत आइतबारदेखि नै बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । बजारमा देखिएको कालाबजारी, महंगी नियन्त्रण गर्ने अभियानसहित अनुगमनलाई निरन्तरता दिएको बताउँदै अनुगमन टोली संयोजक साहले नियम तथा मापदण्ड विपरित कार्य गर्ने जुनसुकै व्यापारी तथा व्यवसायीलाई नियमानुसार कारबाहीको दायरामा ल्याएरै छाड्ने उल्लेख दावी गरे ।
अनुगमनको क्रममा व्यवसायीहरु पसल तथा व्यवसाय बन्द गरेर भाग्ने गरेको उल्लेख गर्दै अनुगमन टोली संयोजक साहले त्यसरी भाग्नु भन्दा नियमानुसार व्यवसाय दर्ता गराएर नियमानुसार कार्य गर्न व्यापारी तथा व्यवासायीमा आग्रह गरे ।
अनुगमनको क्रममा व्यवसाय दर्ता भए नभएको चेकजाँच गर्नुको साथै देखिएको कमीकमजोरीलाई तत्कालै समाधान गर्न समेत निर्देशन दिँदै आएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालयका सिंहले बताए ।
जिल्ला प्रशसन कार्यालय धनुषाका प्रशासकिय अधिकृत दिनेश साहको संयोजकत्वमा गरिएको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंह, गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरिक्षक बिरेन्द्र उपाध्याय र श्रीकान्त चौधरी लगायतको सहभागिता थियो ।
यो पनि पढ्नुहोस् ।
धनुषामा बजार अनुगमनलाई चौथो दिन समेत निरन्तरता
धनुषामा बजार अनुगमन तीव्र, बाख्राको मासु बेच्ने व्यापारी पक्राउ
प्रकाशित समय १९:१० बजे

















