गृहपृष्ठ जानकी मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २१ लाख
जानकी मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २१ लाख
विकासको सुरूवात जानकी मन्दिरबाट भयो : मुख्यमन्त्री
प्रदेश २ सरकारले धार्मिक स्थल जनकपुरस्थित जानकी मन्दिरको सौन्दर्यीकरण गर्ने कार्यको शुभारम्भ गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार एक कार्यक्रमका बीच हिन्दू परम्परा अनुसार वैदिकमन्त्र उच्चारण गर्दै सौन्दर्यीकरण कार्यको शिलान्यास गरेका छन् ।
प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यकरणका लागि ७ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ । सौन्दर्यकरणको लागि परेरा जेवी कन्स्ट्रक्सनलार्इ ठेक्का दिइएको छ ।
ठेकेदार कम्पनीले जानकी मन्दिर परिसरमा टायल्स मार्बल, ‘अन्डरग्राउण्ड’ ढल निर्माण कार्य आउँदो अषाढ महिनामा सकिने गरि ठेक्का दिइएको छ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश २ ले विकास निर्माणको थालनी जानकी मन्दिर सौन्दर्यीकरण शिलान्यासबाट गरेको बताए । जानकी मन्दिर सौन्दर्यकरण गर्ने कार्य सुरु भएको भन्दै मुख्यमन्त्री राउतले आगामी दिनमा यस कार्यका लागि सरकारले थप बजेट उपलब्ध गराउने उल्लेख गरे ।
विश्वभरका हिन्दुहरुको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने जानकी मन्दिरका उतराधिकारी महन्त रामरोशन दासले बताए ।
यो पनि पढ्नुहोस् ।
राम-जानकी विवाह महोत्सको तयारी तीव्र, जानकी मन्दिर जोड्ने जीर्ण सडक धमाधम मर्मत हुँदै
रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो
विवाह महोत्सवको तयारी तीव्र, सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने
प्रकाशित समय १८:५७ बजे
















