गृहपृष्ठ प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षी हुन सेनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षी हुन सेनबीच भेटवार्ता

न्युज कारोबार

प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाली समकक्षी हुन सेनबीच द्विपक्षीय हित र चासोका विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका क्रममा हुन सेन बिहीबार काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली र उनका समकक्षीबीच होटल द्वारिकाजमा बिहीबार साँझ झण्डै आधा घण्टा भेटवार्ता भएको थियो । एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफलसमेत भएको थियो ।

छलफलमा सहभागी सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार दुई देशको सम्बन्ध आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकतालगायत विषयमा छलफल भएको थियो ।

यही अवसरमा प्रधानमन्त्री ओली र उनका कम्बोडियाली समकक्षीबीच दुई देशबीच पर्यटन प्रवर्द्धन, तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विविध क्षेत्रबारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो ।
रासस

प्रकाशित समय ०६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु