गृहपृष्ठ औषधिको बढी प्रयोगले अमेरिकीको औसत आयु घट्यो
औषधिको बढी प्रयोगले अमेरिकीको औसत आयु घट्यो
अमेरिकीको औसत आयु यो वर्ष पनि ओरालो लागेको छ । औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै औसत आयु लगातारजसो ओरालो लागेको अध्ययनले देखाएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयु सन् २०१६ को तुलनामा ०.१ ले कमी आएको छ अर्थात् औसत आयु अब ७८.६ वर्ष भएको छ ।
अमेरिकी सरकारको एक प्रतिवेदनअनुसार सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको छ । सन् २०१६ को तुलनामा औषधिको प्रयोग पनि ९.६ प्रतिशत बढेको छ भने आत्महत्या ३.७ प्रतिशत बढेको छ ।
अमेरिकामा अफिम, दुखाइ कम गर्ने औषधि तथा हेरोइन र फेन्टानाइलजस्ता लागूपदार्थको प्रयोग बढेको छ । एक दशकपछि सन् २०१५ मा पनि अमेरिकी औसत आयुमा पहिलोपटक कमी आएको थियो । यसको प्रमुख कारण पनि औषधिको ओभरडोज मानिएको छ ।
सन् २०१४ देखि नै औसत आयु घट्दो क्रममा थियो । राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयुमा ०.३ प्रतिशतले कमी आइसकेको छ । औसत आयुको घट्दो क्रममा रहनुले चिन्ता बढाएको उनले बताए । सन् १९९८ को विनासकारी फ्लु र पहिलो विश्वयुद्धमा पनि यस्तो समस्या नदेखिएको उनको भनाइ छ । ‘हामी विकसित मुलुक हौं, हामीसँग धेरै स्रोतसाधन पनि छ तर पनि नतिजा किन फरक आइरहेको छ, हामी चकित छौं,’ उनले भने ।
सीडीसीको सन् १९९९-२०१७ को अवधिको अत्यधिक औषधि सेवनबाट सन् २०१७ मा मात्र ७० हजार २३७ जनाको ओभरडोजकै कारण मृत्यु भएको छ । अधिकांश यो मृत्यु अप्राकृतिक देखिएको छ । सन् २०१६ मा सन् २०१५ को तुलनामा २१.६ प्रतिशत बढी मानिसको मृत्यु औषधिको ओभरडोजका कारण अध्ययनको निष्कर्ष छ ।
प्रकाशित समय १०:५४ बजे

















