गृहपृष्ठ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन : प्रथमलाई एक लाख

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन : प्रथमलाई एक लाख

marathon-newskarobar

पोखरामा ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०१९’ यही फागुन ७ गते हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा र सुजल डेरी प्रा.लि.को उत्पादन सफल दुधको मुख्य प्रायोजनमा १३ औं संस्करणको आयोजना हुने भएको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

प्रतियोगिताको खुल्ला म्याराथनमा प्रथम हुनेलाई १ लाख नगद, द्वीतीय हुनेलाई ८० हजार, तृतीय हुनेलाई ६० हजार र चौथो हुनेलाई सान्त्वना हुनेलाई नगद १० हजार सहित ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष तेज गुरुङले बताए ।

त्यसै, १० किमी महिला÷पुरुष सडक दौडमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने छ । त्यस्तै, ५ किलोमिटर छात्र÷छात्रा दौड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ४ हजार प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहीन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउने छन् ।

‘दौडौं स्वास्थ्यको लागि, दौडौं पोखराको लागि’ भन्ने मूल नाराका साथ आयोजना हुने म्याराथनले पोखराबासीको खेल र स्वास्थ्यप्रति सकारात्मक प्रभाव पार्नुका साथै पोखराको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन थप मद्दत पुर्याउने विश्वास लिइएको अध्यक्ष गुरुङले बताए ।

सन २००२ बाट शुरु भएको यस प्रतियोगितामा देश तथा विदेशी धावकहरुको सहभागिताले निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने मञ्चले जनाएको छ । १३ औ संस्करण सम्म आइपुग्दा म्याराथनमा विभिन्न विधाहरु ४२ किमी खुल्ला म्याराथन, १० किमी महिला÷पुरुष दौड, छात्र÷छात्रा ५ किमी दौड, ह्वील चेयर दौड ४०० मीटर–पुरुष र १०० मीटर–महिला, दृष्टिविहिन १०० मिटर दौड तथा सबैका लागि रन फर फन समावेश गरिएको छ ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु