गृहपृष्ठ सेयर बजार १७ अंकले घट्यो
सेयर बजार १७ अंकले घट्यो
सेयर बजार परिसूचक १७ अंकले घटेको छ । व्यापारबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक १७.४७ अंकले घटेर ११३०.८९ अंकमा झरेको छ ।
आइतबार एक सय ५६ कम्पनीको ४५ करोड ४६ लाखबराबरको १४ लाख ४२ हजार १३८ कित्ता सेयर किनबेच भएको छ । आइतबार बिमा कम्पनी र माइक्रोफाइनान्सको सेयर सबैभन्दा धेरै घटेको छ । घटेको बजारमा पनि विजय लघुवित्त, तनहुँ विकास बैंक, विशाल बजार कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् ।
प्रकाशित समय १७:०२ बजे

















