गृहपृष्ठ लुम्बिनी इन्जिनियरिङ कलेजका विद्यार्थी आमरण अनसनमा
लुम्बिनी इन्जिनियरिङ कलेजका विद्यार्थी आमरण अनसनमा
आफ्ना मागप्रति वेवास्ता गरिएको भन्दै लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीमा अनेरास्ववियु क्याम्पस कमिटिले आमरण अनसन सुरु गरेको छ ।
७ सूत्रीय माग सहित बुधबार विहान क्याम्पस प्रशासन लाइ ज्ञापनपत्र बुझाए पनि प्रशासनले माग सुनुवाइमा चासो नदिएको भन्दै अनेरास्ववियु क्याम्पस कमिटिले आमरण अनसन थालेको हो । क्याम्पस कमिटि अध्यक्ष सुझाव पौडेल र उपाध्यक्ष प्रदीप पन्त क्याम्पसको प्रशासन अगाडि माग सहित आमरण अनसन बसेका छन् ।
अनेरास्ववियुले बिहीबार माग पूरा गर्न भन्दै सांकेतिक आन्दोलन स्वरुप क्याम्पस प्रमुख शिवराज बराल तथा को-अर्डिनेटर नारायण ढकाल र सहायक क्याम्पस प्रमुखलार्इ कार्यालयमै ३ घण्टा थुनेका थिए । माग पूरा गर्ने प्रतिबद्धता क्याम्पस प्रमुखले गरे पनि २४ घण्टा सम्म कुनै पहल नगरेका कारण आमरण अनसनमा बसेको क्याम्पस कमिटिका अध्यक्ष सुझाव पौडेलले जानाकारी दिए ।
विद्यार्थीहरुलाई निःशुल्क बस सेवा हुनुपर्ने, अटोप्याड टु डि र थ्रि डि अनिबार्य हुनुपर्ने, हेल्थ केयर रुमको व्यवस्था हुनुपर्ने माग विद्यार्थीहरुले राखेका छन् । त्यस्तै क्याम्पसमा गठन भएका विगत तथा बर्तमान विद्यार्थी संगठनका नेताहरु र विद्यार्थी युनिटका पदाधिकारीले बुझाएको शुल्क सार्वजनिक गर्नुपर्ने, अहिले गठन भएको युनिट खारेज गर्दै स्ववियु ल्याउनुपर्ने माग आफूहरुको भएको अनेरास्ववियू क्याम्पस कमिटिका कोषाध्यक्ष आशिष गौतमले जानाकारी दिए ।
यता अनेरास्ववियुले भने आफ्ना मागहरु पूरा नगरे सशक्त आन्दोलन गर्ने बताएका छन् । पढाइलाई नियमित गर्ने र खेलकुद सप्ताहलाई नियमत गर्नेगरी आन्दोलन जारी राखेको क्याम्पस कमिटिका सह सचिव रामकृष्ण बरालले बताए ।
क्याम्पस प्रमुख शिवराज बस्यालले निःशुल्क बस सेवा सञ्चालन बाहेक अन्य ६ वटा मागहरु पूरा गर्न क्याम्पस प्रमुख तयार रहेको बताए ।
प्रकाशित समय १८:२६ बजे

















