गृहपृष्ठ बैंकहरुले ब्याजदर बढाएकोप्रति उद्योगी चिन्तित

बैंकहरुले ब्याजदर बढाएकोप्रति उद्योगी चिन्तित

बैंकले ब्याजदर बढाएकोप्रति उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । २–४ वटा बैंकमा तरलता अभाव हुँदैमा सबै बैंकले ब्याजदर बढाएको भन्दै उद्योगी व्यवसायीले चिन्ता जनाएका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले केही बैंकमा देखिएको समस्यालाई आधार मानेर सबै बैंकले ब्याजदर बढाइदिँदा उद्योग व्यवसायी मारमा परेको बताए । ‘यतिबेला बैंकहरुले ब्याजदर बढाउनु भन्दा पनि पैसा आउने आधारहरु खोज्नु पर्छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि बैंकहरुले व्यादरमा गरिरहेको प्रतिस्पर्धाले समग्रह उद्योग क्षेत्र प्रभावित हुने भन्दै चिन्ता प्रकट गरिन् ।

प्रकाशित समय १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु