गृहपृष्ठ लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिकोत्सव

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिकोत्सव

शान्ति र समृद्धिको मूल आधार- बौद्ध शिक्षा : राष्ट्रपति भण्डारी

rastrapati_newskarobar

राष्ट्रपति विद्या देवी भण्डारीले शन्ति नै समृद्धिको मूल आधार भएको बताएकी छिन् । उनले गौतम बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताईन् । विश्वविद्यालयको १४ औं वार्षिकोत्सव समारोहलाई  लुम्बिनीमा  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्धका विचाहरु जहिले पनि शान्तीको मार्गचित्र भएको उल्लेख गरिन् ।

शान्ति समृद्धिको मूल आधार रहेको भन्दै राष्ट्रपती भण्डारीले करुणा, सद्भाव र मैत्रीको रुपमा रहेका  अग्रदूत बुद्धको उपदेशलाई विश्व शान्तिको भावनमा विकास गर्नुपर्ने खाँचो रहेको बताईन् । बुद्ध र लुम्बिनी विश्वमा दुवै परिचित रहेको भन्दै उनले लुम्बिनी विश्वविद्यालयलार्इ आवश्यकता अनुसार अझ परिस्कृत रुपमा अघि बढ्न आग्रह गरिन् ।

विश्वविद्यालय  शान्तिको ज्ञान छर्ने विश्वस्तरको प्राज्ञिक  थलो बन्नुपर्ने भन्दै उनले सिङ्गा राष्ट्रको विकासमा लुम्बिनी विश्वविद्यालयले परिवर्तित सन्दर्भलाई आत्मसाथ गर्दै समृद्धि नेपालको आकांक्षा पूरा गर्नेमा आसा व्यक्त गरिन् । उनले विश्वविद्यालयले आफ्नो स्थापाना कालदेखि नै लक्षित योजना परिपूर्ती गर्ने बाटोमा अगाडि बढेको बताईन् ।

मुलुकलार्इ समृद्धिको बाटोमा अगाडि बढाउनको लागि लुम्बिनी, तिलौराकोट, रामग्रामलाई चक्रपथको रुपमा विकास गरी अन्य  स्थानहरु जोडेर बुद्ध परिपथको निर्माण गर्नु आवश्यक रहेको उनको भनाई रहेको थियो ।  भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी पाहुँनाहरुको स्वागतगमा आतुर रहेको भन्दै उनले विमानस्थल पुर्णरुपमा सञ्चालनमा आएपछि लुम्बिनीको गरिमा झनै बढ्ने आशा व्यक्त गरिन् । लुम्बिनीमा पर्यटकहरुको आगामन,  खोज, अध्ययान, अनुसन्धानको लागि सरकारले पूर्वाधार विकास गर्नेमा ढुक्क हुन आग्रह गरिन् ।

कार्यक्रममा प्रदेश-५ का प्रदेश प्रमुख उमाकान्त झाले लुम्बिनी  रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक  क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्वविद्यालयको भूमिका महत्पूर्ण हुने बताए । विश्वविद्यालयले बौद्ध धर्मको प्रसार प्रसारमा विशेष योगदान दिने भन्दै यसमा प्रदेश सरकारबाट समेत सहयोग हुने बताए ।

कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले लुम्बिनीको थप गरिमा बढ्दै गएको  धारणा राखे । उनले लुम्बिनीमा बौद्ध दर्शन मात्रै नभएर, होटल म्यानेजमेन्ट, टुरीजम लगायतका विषयहरु  थपेर थप नयाँ विषयहरु जोड्दै लाने बताए । उनले लुम्बिनी विकास कोषको ५ प्रतिशत आम्दानी विश्वविद्यालयलाई प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । लुम्बिनीलाई शान्तिको केन्द्रको रुपमा विकास गर्न सरकार लागिरहेको जानकारी दिँदै उनले भने, ‘शान्ती भुमी पवित्र भुमी लुम्बिनीलाई ज्ञानको केन्द्रको रुपमा विकास गरौ । ’

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु