गृहपृष्ठ सैनिक फिर्ता बोलाउने अमेरिकी निर्णय दुर्भाग्यपूर्ण : फ्रान्स
सैनिक फिर्ता बोलाउने अमेरिकी निर्णय दुर्भाग्यपूर्ण : फ्रान्स
ट्रम्प प्रशासनले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै विश्व राजनीतिमा तरंग ल्याएको छ । सोही विषयलाई लिएर फ्रान्सले पनि टिप्पणी गरेको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने अमेरिकी निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । सैनिक फिर्ता बोलाउनु अघि अमेरिकाले इस्लामिक स्टेटको हाल भएको घोषणा गरेको थियो । यद्यपी अमेरिकाको यो दावीलाई धेरैले विश्वास गरेका छैनन् ।
यस्तो विश्लेषण म्याक्रोँको पनि छ । बीबीसीका अनुसार अमेरिकाले इस्लामिक स्टेटको हाइ भएको दावी गरेको छ, तर यो उसका सहयोगी तथा अमेरिकी राजनेताका नजमा पनि विवादमुक्त छैन ।
सिरियाबाट अमेरिकाले सैनिक फिर्ता बोलाए पनि फ्रान्सले त्यसो नगर्ने पनि बताइएको छ । फ्रान्स सिरिया तथा इराकमा आइएसविरूद्ध अमेरिकी नेतृत्वको गठबन्धनको प्रमुख हिस्साका रूपमा रहँदै आएको थियो । तर, अहिले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाइए पनि फ्रान्सेली सैनिक भने त्यहीँ रहने फ्रान्सले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको यो निर्णय अमेरिकामा समेत विवादित बनेको छ । कतिपयले अमेरिकी रक्षामन्त्री जिम म्याटिसको राजिनामालाई यही विषयमा ट्रम्पसँग भएको असहमतिसँग जोडेर हेर्ने गरेका छन् । कतिपय अमेरिकीलाई के चिन्ता छ भने सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउँदा आइएसको अबस्था थप मजबुत हुन सक्छ ।
प्रकाशित समय १७:३४ बजे

















