गृहपृष्ठ लुम्बिनी एक्स्पो भलिबलको उपाधि मणिमुकुन्द निलोलाई
लुम्बिनी एक्स्पो भलिबलको उपाधि मणिमुकुन्द निलोलाई
लुम्बिनी एक्स्पो पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द क्लब निलोले जितेको छ ।
गुल्मी भलिबल संघलाई शनिवार तीन–एकको सेटमा हराउँदै मणिमुकुन्द निलोले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै मणिमुकुन्दले नगद १ लाख ११ हजार १ सय ११ सहित कप, मेडल, प्रमाणपत्रबाट प्राप्त गरेको छ । दोस्रो गुल्मीले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । मणिमुकुन्द सेतोले ब्रेभ गोर्खा क्लब बुटवललाई तीन–दुईको सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
मणिमुकुन्द सेतोले नगद ४४ हजार ४ सय ४४ र चौथौ ब्रेभ गोर्खाले नगद २१ हजार ५ सय ५५ सहित कप, मेडल, प्रमाणपत्र पाएका छन् ।
प्रकाशित समय १०:३९ बजे

















