गृहपृष्ठ योजना माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री र नेताहरु
योजना माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री र नेताहरु

काठमाडौं । कर्णलाी क्षेत्रको विकासका लागि याजना माग गर्दे कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित नेताहरु सिंहदरवारमा आएका छन् । प्रदेशमा आउने बजेटले आफ्नो प्रदेशको विकास गर्न नपुग्ने भन्दै उनीहरुले कर्णालीको विकास योजनामा केन्द्रीय सरकारको सहयोग माग गरेका छन् ।
योजना माग गर्दै सिंहदरवार पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो क्षेत्रको विकासले मुलुकको सम्बृद्धिमा सहयोग पुग्ने बताएका छन् । ज्ञापन पत्र बुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासको लागि सरकार गम्भिर रहेको जवाफ दिएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधीहरुको तर्फबाट ज्ञापन पत्रबुझ्दै प्रधानमन्त्री ओलीले आफू कणौलीको विकासमा सधैँ सचेत रहेबो बताएका छन् । मुख्यमन्त्री शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालालगायतको समुहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा भौतिक पूर्वाधार, हवाइ, यातायात, सिंचाइ, उर्जा तथा विद्युतिकरण, संचार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषिलगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । प्रधानमन्त्रीओलीले कर्णालीलाई विकासको मुलधारमा ल्याउन यथासक्य बजेट बिनियोजन गर्ने आस्वासन दिएका छन् ।
प्रकाशित समय ०९:११ बजे
















