गृहपृष्ठ हलेसी, बराहक्षेत्र र पाथिभरा अब मोरङमै

हलेसी, बराहक्षेत्र र पाथिभरा अब मोरङमै

saskritik-gram-newskarobar

प्रदेश सरकारले पर्यटन प्रर्वद्धनका लागि मोरङको पथरी शनिश्चरेमा धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई समेटेर सांस्कृतिक ग्राम निर्माण गर्ने भएको छ । पथरी शनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरमा उनीहरुको पुर्नबासपछि खाली भएको सय बिघा क्षेत्रफलमा सांस्कृतिक ग्राम निर्माण गरिने भएको हो ।

सांस्कृतिक ग्राम निर्माणको लागि सोमबार बसेको प्रदेश सरकारको मन्त्रीस्तरको बैठकले डिपीआर निर्माणसम्बन्धी अवधारणा तयार गर्न स्थानीय राजनितिक अगुवा चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो । सांस्कृतिक ग्राम निर्माणसम्बन्धी निश्चित कार्य तोकी बनाइएको सो कार्यदलको पहिलो बैठक प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको समेत उपस्थितिमा पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयले सांस्कृतिक ग्राम निर्माणको लािग पहिलो चरणमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सय विघा जग्गालाई सबैक्षेत्रको जनजीवन झल्काउने गरी हिमाली प्लट, पहाडी प्लट, तराई प्लट तथा हिमशृंखला, नदी प्रवाह र वनजंगलसमेत देखिनेगरी विविध प्राकृतिक सम्पदाको प्लटमा विभाजन गरी ग्राम निमार्ण गरिने प्रदेश सरकारको योजना रहेको मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनले तीनधाममा खोटाङको हलेसी महादेवस्थान, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथिभरादेवीको हुबहु चित्रण गरिनेछ ।

प्रदेशको पहिचानको रुपमा विकास गर्न लागिएको यस सांस्कृतिक ग्रामको नाम सांस्कृतिक ग्राम निर्माणसम्बन्धी गठन गरिएको कार्यदलले डिपीआर तयार गर्दा ध्यान दिनुपर्ने पक्षहरुको सिफारिस गर्ने, सांस्कृतिक ग्राम राख्न उपयुक्त हुने वस्तु तथा सामग्रीको सूची तयार गर्ने, संरचना र कार्यविवरण तयार गर्ने, आवश्यक जनशक्ति र पूर्वाधारको प्रक्षेपण गर्ने तथा विभिन्न स्थानहरु झल्किने ब्लकहरु के–कस्ता र कसरी बनाउन उपयुक्त हुन्छ भन्ने कुराहरुलगायतको कामहरु गर्नेछ ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु