गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको शाखा विराटनगरमा

मुक्तिनाथ विकास बैंकको शाखा विराटनगरमा

विराटनगर । मुक्तिनाथ विकास बैंकले विराटनगर महानगरपालिका वडा नं. ७, मेनरोड जलजला चोकमा आफ्नो ७८ औं शाखा विस्तार गरेको छ । बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष श्री नरेन्द्र कुमार खड्काले शाखा कार्यालयको उद्घाटन गरे ।
शाखा कार्यालय उद्घाटन गर्दै खड्काले मुक्तिनाथ विकास बैंकले पुर्वाञ्चलमा शाखा विस्तार गरेकोमा हर्सित महसुस भएको जानकारी दिए । बैंकले नेपालभर ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
साथै प्रदेश नं. १ मा रहेका ग्रामिण तथा शहरी सम्भावित बजार क्षेत्रमा पनि अन्य शाखाहरु बिस्तार गरी बैंकले अवलम्बन गरेका उद्देश्य पुरा गर्न सफल बनोस् भनी उनले शुभकामना दिए ।
कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली)ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसंग आवद्ध हुन आव्हान गरे ।
कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष शिव रिजाल तथा लायन्स डिष्ट्रीक्ट ३२५ए१ का गभर्नर लिला ढुंगेल लगायतको उपस्थिति रहेको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराइन् । उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराइन् । बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताइन् ।

प्रकाशित समय १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु