गृहपृष्ठ वेस्ट इण्डिजद्वारा इंग्ल्याण्ड १० विकेटले पराजित

वेस्ट इण्डिजद्वारा इंग्ल्याण्ड १० विकेटले पराजित

west-indies-england-newskarobar

दोस्रो टेष्टमा इंग्ल्याण्डलाई वेष्ट इण्डिजले १० विकेटले पराजित गरेको छ । यो जितसँगै वेष्ट इण्डिजले सिरिजको एक खेलअगावै जित हासिल गरेको छ ।

सर भिभियन रिचर्डस रंगशाला एन्टिगुवामा केमर रोच र जेसन होल्डरले चार/चार विकेट लिए पनि इंग्ल्याण्डको पारी धराशायी बनेको हो । पहिलो इनिङमा ३०६ रन बनाएर वेष्ट इण्डिजले ११९ रनको अग्रता लिएको थियो ।

जम्मा १४ रनको लक्ष्य वेष्ट इण्डिजले बिना क्षति पूरा गरेको हो । वेष्ट इण्डिजले सन् २००९ पछि पहिलोपटक इंग्ल्याण्डविरुद्धको सिरीज जितेको हो । घरेलु मैदानमा उसले बंगलादेश र जिम्बाबेबाहेक अन्य टिमलाई सन् २०१२ यता पहिलो पटक सिरिजमा हराएको हो ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु