गृहपृष्ठ प्रदेश एक प्रदेशसभाकोे हिउँदे अधिवेशन सुरु

प्रदेश एक प्रदेशसभाकोे हिउँदे अधिवेशन सुरु

फाइल तस्बिर

प्रदेश एक प्रदेशसभामा हिउँदे अधिवेशन सुरु भएको छ । आइतबार सुरु अधिवेशनको पहिलो बैठकमा सांसदहरुले सहकार्यमा जोड दिएका छन् ।

प्रतिपक्षी दलले सरकार एकलौटी रुपमा अगाडी बढेको भन्दै आइन्दा यस्तो कार्य नदोहर्याउन चेतावनी दिएका छन् । बैठकमा नेपाली काग्रेसको संसदीय दलका नेता राजिव कोइरालाले सरकारसँग सहकार्य गर्ने तर पछि नलाग्ने बताए । उनले प्रदेश सरकारले समयमा बजेट कार्यान्वय नगर्दा प्रतिपक्ष समेत बदनाम हुने अवस्थामा पुगेको जिकिर गरे ।

कोइरालाले प्रदेश सरकारको भनाइ र गराइ समेत नमिलेको भन्दै आलोचना गरेका थिए । उनले अहिले संघीयता कागजको नाउ जस्तो भएको भन्दै कुनैपनि समय दुर्घटनामा पर्न सक्ने दावी गरे ।

बैठकमा नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले सरकारको काम कार्वाहीको बचाउ गरेका थिए । बैठकमा बोल्दै आङबोहाङल प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसार विकासका कामलाई कार्यान्वयको चरणमा लान कर्मचारी समायोजन, नयाँ अभ्यास, संघीय सरकारबाट हस्तान्तरण लगायतका कारणले बजेट कार्यान्वयनमा ढिलाई भएको दावी गरे । उनले अबका दिनमा सत्ता पक्ष र प्रतिपक्षको रुपमा अगाडी बढ्न नहुने बताए ।

संसदको कार्यव्यवस्था परामर्श समितिको सदस्यमा नेकपा सांसद मोहनकुमार खड्काको स्थानमा सीता थेवेलाई सर्वसम्मत नियुक्त गरिएको छ ।

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु