गृहपृष्ठ पुलिस क्लबलाई जापानको रिस्सो युनिभर्सिटीको १ गोल
पुलिस क्लबलाई जापानको रिस्सो युनिभर्सिटीको १ गोल
पहुना टोली जापानको रिस्सो युनिभर्सिटीसँग नेपाल पुलिस क्लब स्तव्ध भएको छ । पोखरामा जारी मनकामना केबलकार पोखरा कपको तेश्रो क्वाटरफाईनल खेलमा १-० गोल अन्तरले पराजित गर्दै पाहुना टोली रिस्सो युनिभर्सिटीले पुलिसलाई स्तब्ध पारेको हो । जितसँगै जापानको रिस्सो युनिभर्सिटीले सेमिफाईनलको यात्रा पक्का गरेको छ ।
रिस्सो युनिभर्सिटीको जितमा यसुताका सुजुकीले निर्णायक गोल गरे । करिब २० यार्ड नजिकबाट हिरोमुले बाया साईडमा रहेका नट्सुकी दिएको क्रस बललाई दाया साईडमा रहेका यसुताकाले जाली चुमाएका हुन् । लिगको छैटौं स्थानमा रहेको पुलिसले पहिलो हाल्फमा दबाबमा परे पनि दोश्रो हाल्फ पछि केहि दबाबमा पार्न सफल भयो । तर युवा तथा मोर्डन फुटबलमा लागेका खेलाडी सामु गोल गर्न फलामको चिउरा चपाए सरी कठिन भयो ।
पहिलो हाल्फमा पोष्ट चार्ज गर्न मुस्किल परेको पुलिसले दोश्रो हाल्फमा केही प्रहार गरे पनि गोल गर्न चुकेसँगै मनकामना केबलकार पोखरा कपको क्याटरफाइनल बाटै यात्रा टुंग्याउनु पर्यो । खेलको ६८ औं मिनेटमा पुलिसका रवि पाश्वान र भरत शाहले गरेको प्रहार विपक्षि गोलरक्षक मिटसुमोरीले उत्कृष्ट बचाउ गरिदिए ।
रविले डि बक्स भित्रबाट प्रहार गरेको बललाई विपक्षी गोलरक्षकले पन्च गरी रिबाउण्ड भएको बललाई साहले पोष्टमा चार्ज गर्दा गोलकिपरले बचाउ गरे ।
पोखरामा पहिलो पटक सहभागी रिस्सो युनिभर्सिटीले पाएका थुपै अवसर सदुपयोग हुन नसक्दा गोल अन्तर भने फराकिलो पार्न चुक्यो । खेलको १० औं मिनेटमा करिब सिक्स यार्ड नजिबाट हिरोमुले फष्ट वार हुँदै प्रहार गरेको बल पुलिसका गोलरक्षक सत्रुधन चौधरीले पन्च गरी उत्कृष्ट बचाउ गरे ।
त्यसै गरी टेकुया, नट्सुकी, हिरोटो, डैचीका केही अवसर सदुपयोग हुन सकेनन् । खेलमा म्यान अफ दी म्याच घोषित जापानका नेट्सुकीलाई गण्डकी प्रदेशका सांसद राजिव गुरुङले ट्रफि प्रदान गरे ।
नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले जापान जस्तो आधुनिक मोडलको देशका युवा खेलाडीहरुसँग आफुहरु खेल्न पाउनु नै खुसिको कुरा भएको बताए । उनले पहिलो हाल्फमा विपक्षी टिमको खेल रणनीति नबुझ्दा गोल खाएर दबाबमा परे पनि दोश्रो हाल्फमा पाएका केही अवसर सदुपयोग हुन नसक्दा पराजित हुनु परेको बताए ।
‘हाम्रो फुटबल खेल स्तर कहाँ छ भन्न् यस्ता विदेशी खेलाडीसँग खेलेपछि मात्र थाहा हुन्छ, यो खेलमा हामीले हारे पनि धेरै पाठ सिक्ने मौका पाउका छौं,’ उनले भने ।
रिस्सो युनिभर्सिटीसका प्रशिक्षक टाकेस तोकारिङले पहिलो हाल्फमा आफ्ना खेलाडीहरुले शतप्रतिशत शक्ति खर्चिएर खेले पनि दोश्रो हाल्फमा खेलस्तर कम भएको बताए । ‘हाम्रा खेलाडीहरुलाई लामो यात्राको थकान पनि छ, ९० मिनेट पूरै शतप्रतिशत खेल्न नसक्ने अवस्थामा खेलाडीहरु छन् तर पनि जित भयो यसमा हामी खुसि नै छौं ।’
बुधबार अन्तिम तथा चौथो क्वाटरफाईनल खेलमा डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबबिरुद्ध ब्रिगेड व्वाईज क्लब मैदान उत्रनेछ ।
प्रकाशित समय १९:१७ बजे

















