गृहपृष्ठ पर्यटन व्यवसायी राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक
पर्यटन व्यवसायी राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक
काठमाडौं । पर्यटन व्यवसायि राजन सिम्खडाको पुस्तक “हिँडे पुगिन्छ” विमोचन भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तक पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरे ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अव देशलाई सम्बृद्धिको वाटो लैजानु आवश्यक रहेको र त्यसको प्रमुख आधार पर्यटन रहेको वताए । थोरै लगानीमा धेरै लाभ लिन सक्ने क्षेत्र पर्यटन रहेको उनले वताए । ‘देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ डो¥याउन लेखक सिम्खडाले हिँडे पुगिन्छ पुस्तक मार्फत नयाँ आत्मविश्वाश र आशाको किरण देखाउनुभएको छ’ उनले भने ।
देशभित्रका प्राकृतिक सौन्दर्यहरु प्रयोग गरेर सम्बृद्धितिर जानु सम्भव छ भन्ने सन्देश पुस्तकले दिएको उनले वताए । उनले भने, ‘सिम्खडाले लेखक, कलाकार र व्यवसायिको रुपमा पनि आँफुलाई नेपालको पर्यटन क्षेत्रको विकासमा नै आँफुलाई समर्पित गर्नुभएको छ । पुस्तक विमोचन समारोहमा समालोचकका रुपमा बोल्दै पूर्व अर्थमन्त्री तथा बरिष्ठ साहित्यकार शंकर प्रसाद कोईरालाले लेखकले रोचक शैलीमा हिँडे पुगिन्छ लेखेको वताए ।
पुस्तकमा नेपालको पर्यटन क्षेत्र, कलाकारिता र आर्थिक सम्बृद्धिको भिजन र मिसनमा प्रष्किपसन लेखले दिएको उनले वताए । प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले ‘हिँडे पुगिन्छ’ निती निर्माता, व्यवसायमा प्रवेश गर्न चाहनेहरुका लागी निकै उपयोगि हुने वताए । लेखक सिम्खडाले आँफुले ईमान्दारीपूर्वक आफ्नो मातृभुमि, पेशा प्रति न्याय गरेर पुस्तक तयार गरेको वताए । ‘हिँडे पुगिन्छ यो देश हाम्रै पालामा सम्बृद्ध देख्न चाहनेहरुको साझा कथा हो’, उनले भने ।
कार्यक्रमा लेखक तथा बरिष्ठ पर्यटन व्यवसायि कर्ण शाक्य , वरिष्ठ कलाकार शैलेन्द्र सिम्खडा, कलाकार÷सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), वरिष्ठ पर्यटन व्यवसायि रामकाजि कोने लगायतले पुस्तकमाथि धारणा राखेका थिए । कार्यक्रममा लेखकले आफ्ना पिता स्वर्गिय नारायण प्रसाद सिम्खडा कृषि पुरस्कारको घोषणा गरेका थिए । ५० हजार रुपैयाँ राशीको यो पुरस्कार वार्षिक रुपमा प्रदान गरनेछ । कार्यक्रममा माननिय जगत सिम्खडा, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, वरिष्ठ व्यवसायिहरु, कलाकारहरु, लेखक÷साहित्यकारहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित समय ०९:१३ बजे
















