गृहपृष्ठ कम्युनिस्ट मन नपराउनेले राजतन्त्र ल्याउन खोजे : चित्रबहादुर केसी
कम्युनिस्ट मन नपराउनेले राजतन्त्र ल्याउन खोजे : चित्रबहादुर केसी
‘संघीयताका कारण मुलुक अस्तव्यस्त भयो, वैदेशिक हस्तक्षेप बढ्यो’
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले राजतन्त्र ल्याउने खेल सुरू भएको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा एक कार्यक्रममा केसीले कम्युनिस्टहरूको सरकार नरूचाएकाहरूले राजतन्त्र फर्काउन खोजेको टिप्पणी गरेका हुन् ।
संघीयताविरोधी नेताको छवी बनाएका नेता केसीले गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशीकरण जस्ता उपलब्धीको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ति उपलब्धीको संरक्षण गर्न नसके राजतन्त्र फर्कने र त्यसो पनि हुन नसके निरंकुशता ल्याउने प्रपञ्च भइरहेको टिप्पणी गरे ।
सत्तरूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष संघीयता कार्यान्वयनमा असन्तुष्टि व्यक्त गरेको भोलीपल्ट केसीले बुटवल पुगेर यस्तो टिप्पणी गरेका हुन् । उनले हरेक ठाउँमा भागबण्डा गरेर राजनीतिक दलले भ्रष्टाचार प्रोत्साहित गरेको आरोप लगाए ।
संघीयताको कारण मुलुक अस्तव्यस्त भएको र विदेशी हस्तक्षेप बढेको उनको टिप्पणी थियो । नेपालले संघीयता धान्नै नसक्ने भन्दै केसीले रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार चलाउन नसकिने दावी गरे ।
प्रकाशित समय १४:३३ बजे

















