गृहपृष्ठ प्रदेश १ स्तरीय एथलेटिक्स निर्णायक तालिम विराटनगरमा सुरु

प्रदेश १ स्तरीय एथलेटिक्स निर्णायक तालिम विराटनगरमा सुरु

Atheletic-newskarobar

मोरङ जिल्ला खेलकुद विकास समितिले विराटनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स निर्णायक तालिम सुरू गरेको छ । मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मोरङ एथलेटिक्स संघको सहकार्यमा तीनदिने प्रदेश १ स्तरीय ‘एथलेटिक्स निर्णायक तालिम’ सोमबारदेखि सुरू भएको छ ।

एथलेटिक्स खेलमा नयाँ प्राविधिक कुरादेखि लिएर खेल्ने खेलाउने नियम परिवर्तन हुँदै आएको सन्दर्भमा समितिले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । देश संघीयतामा गइरहँदा खेलकुदलाई समेत त्यसै अनुरुप बनाउनुपर्ने हुँदा अब यस प्रदेशमा रहेका प्रशिक्षक, पूर्वखेलाडी र निर्णायकलाई नयाँ प्राविधिक कुराको जानकारी दिन कार्यक्रम गरिएको हो । तालिममा प्रदेश १ का विभिन्न जिल्लाबाट ४१ जनाको प्रतिनिधित्व रहेको कार्यक्रमका संयोजक तथा मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले बताए ।

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु