गृहपृष्ठ नेपाल विद्यार्थी संघको कार्यसमिति भंग
नेपाल विद्यार्थी संघको कार्यसमिति भंग
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो ।
यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ-आफ्नो धारणा राखेका थिए ।
अर्को बैठक फागुन बुधबार दिउँसो १ बजे बस्ने छ ।
प्रकाशित समय २०:०३ बजे

















