गृहपृष्ठ नेविसंघका अघिल्लो मिति राखेर गरिएका मनोनयनसम्बन्धि निर्णय बदर

नेविसंघका अघिल्लो मिति राखेर गरिएका मनोनयनसम्बन्धि निर्णय बदर

congress-newskarobar

नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले यो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि पार्टीले यस्तो निर्णय गरेको हो ।

संघको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि संघका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामा दिएका थिए । उनको सोही दिन राजीनामा स्वीकृत भएको थियो ।

कंग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । गएको मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटकपटक बसे पनि विधानले अझै अन्तिम रुप पाउन सकेको छैन । केन्द्रीय कार्यसमितिको आज बस्दैछ ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु