गृहपृष्ठ नेप्से ८ अंक घट्यो, २ अर्ब १६ करोडको सेयर कारोबार

नेप्से ८ अंक घट्यो, २ अर्ब १६ करोडको सेयर कारोबार

nepal-stock-newskarobar

साताको अन्तिम दिन बिहीबार २ अर्ब १६ करोडको कारोबार भएको छ । बिके श्रेष्ठको परिवारले झन्डै २ अर्बको एभरेष्ट बैंकको संस्थापक सेयर बिक्री गरेपछि झन्डै तीन वर्षपछि कारोबार रकम २ अर्ब नाघेको हो ।

बैंकले हालै प्रकाशित गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार नियमभन्दा धेरै सेयर स्वामित्व देखिएको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि श्रेष्ठको परिवारले सेयर बेचेको हो । राष्ट्र बैंकले एकाघरभित्र १५ प्रतिशत सेयर रहेको भन्दै लाभांश वितरणमा रोक लगाएको थियो ।

 

नेप्से ८ अंकले घट्यो

केही दिनयता सेयर बजार लगातार ओरालो लागिरहेको छ । नेप्सेमा सूचीकृत सबै समूह घटेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । १६४ कम्पनीको कारोबार भएको बजारमा नेप्से परिसूचक ८.२१ अंकले घटेर १११२.८७ अंकमा झरेको छ । आज कुल २ अर्ब १६ करोड ६५ लाख रूपैयाँबराबरको ८० लाख ९५ हजार ७२ कित्ता सेयर किनबेच भयो ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु