गृहपृष्ठ महोत्तरीलाई ३ महिनामा साक्षर जिल्ला घोषणा गर्न १९ सदस्यीय समिति गठन

महोत्तरीलाई ३ महिनामा साक्षर जिल्ला घोषणा गर्न १९ सदस्यीय समिति गठन

mahottrai

शिक्षा क्षेत्रमा कमजोर मानिएको प्रदेश-२ को महोत्तरी जिल्लालाई २०७६ सालमा साक्षर जिल्ला घोषणा गरिने भएको छ । देशभरि साक्षर जिल्ला घोषणा गर्ने प्रतिस्पर्धा नै भएको बेलामा प्रदेश-२ शिक्षा क्षेत्रमा निकै पछाडि रहेको देखिन्छ ।

महोत्तरीलाई साक्षर जिल्ला घोषणा गर्न जिल्लाका स्थानीय तहले २ बुँदे निर्णय गरेका छन् । माघ २६ मा जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश सिंहको अध्यक्षता र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको विशेष उपस्थितीमा महोत्तरी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न तदारुकताका साथ अगाडि बढ्ने निर्णय भएको हो ।

महोत्तरीमा ६ लाख २७ हजार ५ सय ८० जनसंख्या छ जसमध्ये महिलाको ३ लाख १६ हजार ५ सय ६४ र पुरुष ३ लाख ११ हजार १६ छन् । नयाँ शैक्षिक सत्र २०७६ मा साक्षर जिल्ला घोषणा गर्न जिल्ला समन्वय समिति महोत्तरीका सभापाति सुरेश सिंहको अध्यक्षतामा महोत्तरीका सबै स्थानीय तहका प्रमुखहरु रहने गरी १९ सदस्यीय जिल्ला साक्षर घोषणा समिति गठन गरिएको छ ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु