गृहपृष्ठ बुद्धु
बुद्धु
तिमीले छोड्यौ ?
`अँ मैले छोडे !´
के छोड्यौ ?
`छोड्न हुने नहुने दुवै छोडेँ !´
अब तिमी के हौ ?
`द्रष्टा, मात्र एक दर्शक ।´
मतलब ?
`आँखा छ, टुलुटुलु हेर्छ
तर देख्दैन,
मुख छ, मनमनै बर्बरिन्छ
तर ध्वनि तरंग सुनिँदैन,
अन्तरमनमा मन-मुटु
टिल्पिल-टिल्पिल उजेलिन्छन्
तर सल्बल-सल्बल बग्दैनन् ।´
थाहा छ तिमीलाई ?
दिमाग पनि छ तर नसोच्ने
सबै इन्द्रियहरु निष्काम-निष्काम,
त्यसैले म बुद्धु
अर्थात्
बुद्ध !´
प्रकाशित समय १३:०२ बजे

















