गृहपृष्ठ आयुक्त पाठकले राजीनामा दिए

आयुक्त पाठकले राजीनामा दिए

सत्तारुढ दल नेपाल कम्युनिसट पार्टी (नेकपा) ले महाअभियोग लगाउने तयारी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

नेकपाले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी तयारी गरेपछि उनले राजीनामा दिएका हुन् । उनका विरुद्ध नेकपाले संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो ।

पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु