गृहपृष्ठ प्रदेश ५ को पहिलो स्थापना दिवस (तस्बिरमा हेर्नुहोस्)
प्रदेश ५ को पहिलो स्थापना दिवस (तस्बिरमा हेर्नुहोस्)
प्रदेश ५ स्थापनाको पहिलो वर्ष बुटवलमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुटवल बहुमुखी क्याम्पस प्रांगणबाट बाजागाजासहित निस्किएको ‑याली प्रदर्शनी स्थल बुटवल मण्डपमा गएर मूल समारोहमा परिणत भएको थियो । मूल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले यो अवधिमा प्रदेश देखिने र प्रदेश खोज्ने सुनिश्चितता गर्न आफू सफल भएको बताए । संविधान कार्यान्वयनको महत्वपूर्ण काम अघि प्रदेश सरकार अघि बढेको उनको भनाइ छ ।
कृषि वन, वातावरणलाई जोडेर प्रदेश ५ लाई समृद्ध र विकसित प्रदेशको रुपमा विकास गर्न लागेको बताएका छन् । ‘कृषिक्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको छ,’ उनले भने, ‘यसको व्यवसायीकरण र बजारीकरणबाट किसानको आर्थिक स्तर विकास गर्न खोजेका छौं ।’
मुख्यमन्त्री पोखरेलले लुम्बिनी आमजनातको जीवनसँग जोडिन नसकेको भन्दै पूर्वाधार विकासको सन्दर्भमा पर्यटन प्रवर्धनको जिम्मा प्रदेश सरकारलाई दिन केन्द्रसँग आग्रह गरे । एक वर्षमा विकासका आयोजना र रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको उनको भनाइ छ । अर्को वर्षदेखि विकासका योजना सहज रुपमा अघि बढ्ने उनले बताए ।
(तस्बिरमा हेर्नुहोस् कार्यक्रमका दृश्य)
(तस्बिर : कृष्ण खनाल)
प्रकाशित समय १४:०७ बजे































