गृहपृष्ठ अमेरिकामा राष्ट्रपति ट्रम्पले लगाए संकटकाल

अमेरिकामा राष्ट्रपति ट्रम्पले लगाए संकटकाल

Donald-Trump-newskarobar

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् ।

ट्रम्पले मुलुकमा कुनै संकट वा आपत् नभएको बेला सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट पास नगरेको भन्दै संकटकाल लगाएका हुन् । अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको भएपनि ट्रम्पले आप्रबासी समस्यालाई गम्भीर बताउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले हाल दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको बताउछन् । संकटकालको घोषणापछि राष्ट्रपति ट्रम्पलाई विशेष शक्ति प्राप्त हुन्छ जसले उनलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सिमाना पर्खाल बनाउन प्राप्त हुन सक्छ ।

विगतमा अमेरिकी राष्ट्रपतिहरूले राष्ट्रिय संकटकालको प्रयोग खासगरि विदेश मामिलामा आइपरेका संकटसँग जुध्न प्रयोग गर्ने गरेका थिए । ट्रम्पले भने देशभित्रै राजनीतिक रूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत रहेको संसद छल्न यो शक्ति प्रयोग गर्न खोजेका छन् ।

ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए । तर अमेरिकी संसद कंग्रेसले विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने भनेपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट पैसा जोहो गर्न खोजेका हुन् ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु