गृहपृष्ठ बैंकहरुलाई प्रधानमन्त्री ओलीको सुझाव, उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुहोस्

बैंकहरुलाई प्रधानमन्त्री ओलीको सुझाव, उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुहोस्

प्रधानमन्त्री केपीशर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले ब्याजदरमा लचिलो हुन सुमेत बैंकहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले बैंकहरुलाई मुख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिएका छन् । ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस,’ प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस् । बिलासिताका वस्तुमा लगानी कम ब्याज बढी लिन प्रधानमन्त्री ओलीले सुझाव दिए ।

महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा आयोजना गरेको महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो । प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्नसकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु