गृहपृष्ठ होराइजन क्रिकेट क्लब फाइनल प्रवेश
होराइजन क्रिकेट क्लब फाइनल प्रवेश
लायन्स क्लब अफ विराटनगर योङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो सेमीफाइनल खेलमा होराइजन क्रिकेट क्लब विनायक क्रिकेट क्लबलाई १ सय ३५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
विराटनर– १९ स्थित वैजनाथपुर रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ५ बलमै सबै विकेट गुमाई २ सय रनको योगफल तयार पारेको थियो । उसका लागि अश्विीनी कामतले ३, रेवतीरमण यादवले २७, राजन मगरले २४ र उत्सव बरालले २२ रनको योगदान दिए । विनायकका कालीचरण यादव, अमित रोय र सुमन मण्डलले समान २-२ विकेट लिए ।
जवाफमा २ सय १ रनको लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको विनायक २० दशमलव ५ ओभरमै समेटियो । उसका लागि सिद्दान्त साहले २१ र विशाल मण्डलले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
होराइजनलका दिपेश कडेलले १० ओभरमा १ मेडन राख्दै २५ रन दिएर ५ विकेट तथा कप्तान पुष्प थापाले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ५ विकेट लिए । सोमबार अन्तिम सेमीफाइनल खेल गुराँस पुस्तकालय र एग्रोभेट क्रिकेट क्लबबीच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।
प्रकाशित समय १७:२४ बजे

















