गृहपृष्ठ युट्युबमा पुनः गीत राख्न शर्मालाई लोकदोहोरी प्रतिष्ठानको आग्रह

युट्युबमा पुनः गीत राख्न शर्मालाई लोकदोहोरी प्रतिष्ठानको आग्रह

pashupati_sharma

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले लोक गायक पशुपती शर्मालाई ‘लुट्न सके लुट’ बोलको गीत युट्युबमा पुनः अपलोड गर्न आग्रह गरेको छ । शर्माको गीत युट्युबमा अपलोड भएसँगै विवादित भएपछि उनले उक्त गीत युट्युबबाट हटाएका थिए ।

यद्यपी शर्माले युट्युबबाट गीत हटाए पनि उक्त गीत अरूले अपलोड गरेका छन् । साथै सो गीतमा सत्तारूढ दलनिकटका कार्यकर्ताले गीतको शब्दलाई लिएर आपत्ती जनाएपछि गीत थप चर्चित बनेको छ ।

सोही सन्दर्भमा प्रतिष्ठानले शर्मालाई आफ्नो गीत पुनः युट्युबमा अपलोड गर्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले परिमार्जनसहित पुनः युट्युबमा गीत अपलोड गर्ने प्रतिक्रिया दिएका शर्मालाई जस्ताको तस्तै गीत अपलोड गर्न आग्रह गरेको छ । बैठकपछि प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उक्त गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक स्रोताको अधिकार भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु