गृहपृष्ठ धनगढी प्रिमियर लिग : धनगढी एक खेल पनि नजिती बाहिरियो
धनगढी प्रिमियर लिग : धनगढी एक खेल पनि नजिती बाहिरियो
धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताबाट धनगढी स्टार्स बाहिरिएको छ । सोमबार भएको खेलमा रुपन्देही च्यालेञ्जर्ससँग ३९ रनले पराजित भएपछि धनगढ बाहिरिएको हो । दुई संस्करणको च्याम्पियन धनगढी एक खेल पनि नजिती बाहिरिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेट गुमाउँदै एक सय ६ रन बनायो । हुस्सुका कारण खेल १५ ओभरमा खेलाइएको थियो । जवाफमा धनगढीले १३ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । जितसँगै रुपेन्देही च्यालेन्जर्स क्वालिफायरमा प्रवेश गरेको छ।
प्रकाशित समय १३:२२ बजे

















