गृहपृष्ठ संसद बैठकमा अमरेसले भने- पशुपति शर्मालाई पच्चिस हजार दिन्छु

संसद बैठकमा अमरेसले भने- पशुपति शर्मालाई पच्चिस हजार दिन्छु

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सोमबारको संसद बैठकमा ‘लुट्न सके लुट’ का गायक पशुपति शर्मालाई पच्चिस हजार रूपैयाँ दिने घोषणा गरेका छन् ।

सांसद सिंहले गायक शर्मालाई जनभावना बुझेर गीत गाएको भन्दै २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । सांसद सिंहले सत्तापक्षले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्दै उक्त गीत युट्युबबाट हटाउन लागेको भन्दै आपत्ती समेत जनाए ।

प्रतिनिधिसभाको शून्य समयमा सिंहले जनताको भावना, बुद्धिजीवीको भावनालाई सम्मान नगरे जनताले पनि सरकारको सम्मान नगर्ने टिप्पणी गरे ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु