गृहपृष्ठ प्रभु बैंकको चार शाखा विस्तार
प्रभु बैंकको चार शाखा विस्तार
काठमाडौं । प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले बाग्लुङका निसीखोला गाउँपालिका–४ र तमानखोला गाउँपालिका–१ तथा दैलेखका भगवतीमाई गाउँपालिका–२ र लालिगुराँस गाउँपालिका–४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय ०७:४५ बजे

















