गृहपृष्ठ सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल : गृहमन्त्री

सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा संसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताएका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाए ।

गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताए । ‘३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ, सुन तस्करीका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारवाही गरिन्छ’ उनले भने ।

पूर्व राजदूत केशव झाको हत्याको घटनाको अनुसन्धान भइरहेको बताउँदै गृहमन्त्री थापाले सो घटनासँग सम्बन्धित विषयलाई अनुसन्धान गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु