गृहपृष्ठ भारतीय मिडियाको निराधार आरोप- काश्मिर आक्रमणमा नेपाल संलग्न
भारतीय मिडियाको निराधार आरोप- काश्मिर आक्रमणमा नेपाल संलग्न
आरडीएक्स नेपालबाट लगिएको आरोप
पटक-पटक नेपालमाथि निराधार आरोप लगाउँदै आएका भारतीय मिडियाहरूले यस पटक पनि बिनाकुनै प्रमाण जम्मु-काश्मिरमा भएको हमलामा नेपालको अप्रत्यक्ष संलग्नता रहेको गम्भीर आरोप लगाएका छन् । भारतीय मिडियाहरूले जम्मु-काश्मिरको पुलवामा भएको आतंकवादी हमलामा नेपाललाई बिनाआधार मुछ्न थालेका हुन् । भारतीय मिडिया जी न्युजले पुलवामा भएको आतंकवादीमा हमलामा प्रयोग गरिएको आरडीएक्स पाकिस्तानबाट नेपाल हुँदै भारत लगिएको आरोप लगाएको छ ।
पुलवामा आतंकवादी संगठन जैश ए मोहम्मदद्वारा गरिएको आक्रमणमा करिब ८० किलोग्राम आरडीएक्स विस्फोटक प्रयोग गरिएको जनाइएको छ । जबकि, नेपालको सीमाबाट जम्मु-काश्मिर निकै टाढा पर्छ भने पाकिस्तानसँग पनि नेपालको सोझो सीमा नाका जोडिएको छैन । जी न्युजले आईएसआईको मद्दतबाट नेपालको बाटो हुँदै घातक हतियारहरू र आरडीएक्सजस्ता विस्फोटकहरूको ठूलो अनुपात भारतमा पठाउने गरिएको आरोप लगाएको छ ।
उक्त मिडियाले सुरक्षा सल्लाहकारहरूका अनुसार भन्दै नेपाल–भारत सीमामा सतर्कता बढाउनुपर्ने उल्लेख गरेको छ । भारतीय सेनाका पूर्व ब्रिगेडियर हेमन्त महाजनले भारत-नेपाल सीमाको प्रयोग गरेर पाकिस्तानले भारतमा आतंकवादी गतिविधि चलाएको आरोप लगाएका छन् । उनले आतंकवादी संगठन जैश-ए-मोहम्मदसहित आईएसआई एजेन्टहरूले नेपालको बाटोबाट भारतमा घुसपैठ गरी घातक हतियार एवं आरडीएक्सजस्ता विस्फोटक पदार्थहरू लगिएको सम्भावना रहेको बताएका छन् ।
उक्त मिडियाले नेपाल-भारत सीमामा टाँसिएका उत्तर प्रदेश र बिहार में आएसआइका एजेन्टहरूका गतिविधि बढेको समेत जनाएको छ, तिनकै माध्यमबाट विस्फोटक पदार्थहरू सडकका माध्यमबाट जम्मू काश्मिरसम्म पुर्याइएको निष्कर्ष निकाल्न भ्याइसकिकएको छ । ‘जम्मु-काश्मिर उपत्यकामा सेनाले घुसपैठ को बन्द गरिसकेको छ, यति ठूलो विस्फोटक सामग्री सीमामा अन्य दोस्रो रूटबाट ल्याइएको हुनसक्छ । यसका लागि नेपालको सीमा प्रयोग भएको हुनसक्छ,’ भारतीय सेनाका पूर्व ब्रिगेडियर हेमन्त महाजनले भनेका छन् ।
जबकि, पछिल्लो समयमा नेपाल-भारत सीमामा भारतका एसएसबीले तीन लेयरको सुरक्षा सावधानी अपनाइरहेको छ भने नेपालको सशस्त्र सीमाबलसँग मिलेर सुरक्षाका सीमामा सूक्ष्म निगारानी राखिरहेको छ । यसअघि पनि जी न्युजले सन् १९९८ को भारतीय विमान अपहरणमा नेपालीको संलग्नता रहेको निराधार आरोप लगाएपछि सरकारले केही वर्ष जीलाई नेपालमा प्रतिबन्ध नै लगाएको थियो ।
प्रकाशित समय १७:३९ बजे

















