गृहपृष्ठ नमस्ते अल इन्टरनेसनलको ब्रान्ड एम्बेसडर श्रीदेव
नमस्ते अल इन्टरनेसनलको ब्रान्ड एम्बेसडर श्रीदेव
कलाकार श्रीदेव भट्टराई नमस्ते अल इन्टरनेसनल ग्रुपको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । नेपाली कला, संगीत र चलचित्रको क्षेत्रमा डेढ दशकदेखि सक्रिय भट्टराईलाई नमस्ते अल इन्टरनेसनलले दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
राजधानीमा एक कार्यक्रम गरी कम्पनीका अध्यक्ष शिशिर आले र उपाध्यक्ष अमिर न्यौपानेले कलाकार भट्टराईलाई एम्बेसडर घोषणा गरे । भट्टराईले वार्षिक ५ लाख रूपैयाँ पाउनेछन् । उनले आफूले पाउने पारिश्रमिकको केही रकम समाज सेवामा खर्च गर्ने बताएका छन् ।
इलाम दानाबारीका भट्टराईले नेपाली चलचित्र, म्युजिक भिडियो एवं विभिन्न व्यावसायिक प्रतिष्ठानका विज्ञापनमा पनि अभिनय गरेका छन् । नायक भट्टराई नेपालकै अनुशासित कलाकारको सम्मानबाट पनि सम्मानित भइसकेका छन् ।
यो पनि पढ्नुहोस् ।
श्रीदेव भट्टराई : रंगमञ्चको रफ्तारमा पण्डितको छोरो
प्रकाशित समय १०:१८ बजे

















